नियम ११
सिफारिस समितिको काम, कर्तव्य र अधिकार
सिफारिस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) लगानी गर्ने प्रयोजनको लागि योजना छनौट गर्न समितिलाई सिफारिस गर्ने,
(ख) कोष आफैं, कोषले स्थानीय निकाय, स्वयंसेवा संस्था वा सामुदायिक सङ्गठनसँगको सकार्यमा तथा स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठन मार्फत् सञ्चालन गर्नु पर्ने योजनाको वर्गीकरण गरी समिति समक्ष सिफारिस गर्ने,
(ग) कुनै योजना सञ्चालन गर्न स्थानीय निकाय, स्वयंसेवी संस्था तथा सामुदायिक सङ्गठनले पेश गरेको आर्थिक तथा प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्ने,
(घ) योजना सञ्चालन गर्न प्रस्ताव पेश गर्ने सबैभन्दा उपयुक्त स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनलाई योजना
सञ्चालन गर्ने स्वीकृतिका लागि समिति समक्ष सिफारिस गर्ने,
(ङ) समितिले समय समयमा तोकेका अन्य कार्य गर्ने ।